२०५१ सालदेखि प्रत्येव वसन्तमा सगरमाथा आरोहण गर्दै आएका कामीरिता शेर्पाको यसपटकको अनुभभव फरक रह्यो।
कडा हिउँमा क्रयाम्पोन्स गाड्दै २३ पटकसम्म चुचुरोमा आहोरदोहोर गरिसकेका उनका लागि २४ औँ पटकको आरोहणमा क्याम्प ३ मा पानी बगिरहेको देखिनु अनौठो थियो।
पछिल्ला वर्षहरुमा हिमाली क्षेत्रको हावापानी फेरिदै गएको अनुभव सुनाउँदै उनी भन्छन्, ‘८ वर्ष अघिसम्म आधारशिविरमै हिउँ फुटाएर पानी बनाउनुपथ्र्यो, अहिले त त्यतिमाथि क्याम्प ३ मा हिउँ पल्गिएर बगिरहेको छ, उदेक लाग्यो।’
सगरमाथाको हिउँजस्तै हाम्रा अरु हिमाल र हिमनदी पग्लिने, सुक्ने क्रम तीब्र भएको विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेका छन्। यो खबर आजको हिमाल साप्ताहिकमा मुकेश पोखरेलले लेखेका छन्।
निख्रिँदै गएका हिमाल र पग्लिँदै गएका हिमनदीले १६ अर्ब दक्षिण एशियाली जनसंख्यामाथि संकट सँधारमै आइपुगेको संकेत गरिरहेका छन्।
सन् १९७० मा हिउँको ढिस्को जस्तो देखिने ग्याजो हिमनती अहिले लोप हुने अवस्थामा पुगेको छ।
हिमालबाट यसरी हिउँ पग्लिँदै जानुमा बढ्दो औधोगिकरण र त्यसबाट उत्सर्जित हरितगृह ग्यास र पृथ्वीको बढ्दो तापक्रम प्रमुख कारण रहेको वैज्ञानिकहरुको ठहर छ।
सन् १८८५ देखि २०१६ सम्ममा पृथ्वीको औसत तापक्रम ०.८ डिग्री सेल्सियसले बृद्धि भएको छ। यो तापक्रम बृद्धिले हिमतालहरु संकटमा परेका छन्।
प्रतिक्रिया