छापा खबर


तीन वर्षसम्म पैसा नपाएको भन्दै डोजरधनीले भत्काइदिए सडक

तीन वर्षसम्म पैसा नपाएको भन्दै डोजरधनीले भत्काइदिए सडक

नेपालखबर
माघ ७, २०७६ मंगलबार ०:२४,

गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा उपभोक्ता समितिले तीन वर्षअघि उधारोमा खनेको सडकको भुक्तानी नपाएपछि अहिले डोजर लगाएर भत्काइएको छ।

रत्नबहादुर विक अध्यक्ष रहेको उपभोक्ता समितिले नेताको भाषणकै विश्वासमा ०७३ मा अर्बेनी देउराली कोट पाँच किलोमिटर सडक उधारोमा खनेको थियो।

आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका समाचारअनुसार गुल्मी १ का तत्कालिन सांसद कृष्ण छन्तेलले सांसद विकास कोषबाट आउने बजेट दिने भन्दै स्थानीयलाई सडक खन्न लगाएका थिए।

विक नेतृत्वको उपभोक्ता समितिले स्थानीयसँग तेलको पैसा उठाएर सडक खने।

समितिकै सदस्यसमेत रहेका निर्माण व्यवसायी लक्ष्मीपति न्यौपानेको डोजर प्रयोग गरेर सडक खनिएको थियो।

भुक्तानी नपाएको भन्दै अहिले डोजरमालिक लक्ष्मीपति न्यौपानेले दुई ठाउँमा सडक भत्काएका छन्।

उक्त सडक खन्दा २० लाख ८० हजार ऋण लागेको समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad