छापा खबर


१७० देशका पर्यटक नेपाल भित्रिए

१७० देशका पर्यटक नेपाल भित्रिए

नेपालखबर
माघ १, २०७६ बुधबार ०:२,

सन् २०१९ मा १ सय ७० देशका नागरिकले नेपाल भ्रमण गरेका छन्।

अध्यागमन विभागले यसै साता तयार पारेको सन् २०१९ को स्वदेशी तथा विदेशी आगमन प्रतिवेदनमा त्रिभुवन विमानस्थल तथा अन्य सडक नाकाबाट कम्तिमा १ सय ७० देशका नागरिक नेपाल आएको उल्लेख छ।

संयुक्त राष्ट्रसंघको तथ्यांकमा संसारभर १ सय ९५ देश छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

विभागका अनुसार नेपाल पस्ने एउटा हवाइ नाकाबाहेक १२ वटा सीमानामा सडक नाका छन्।

विभिन्न नाकाबाट ११ लाख ५२ हजार ५ सय १ विदेशी भित्रिएको र १३ लाख २० हजार नेपाली विदेशतर्फ लागेको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad