ad ad

छापा खबर


तपाईंको बच्चालाई चिसो लागेको त छैन? यसरी थाहा पाउनुस्

तपाईंको बच्चालाई चिसो लागेको त छैन? यसरी थाहा पाउनुस्

नेपालखबर
पुस १६, २०७६ बुधबार ३:६,

१८ महिने शिशु मध्यरातमा एकोहोरो रुन थाल्यो। उनी जुरुक्क उठिन्। छाम्दा नाक चिसो थियो। शिशुलाई स्तनपान गराइन्। एकैछिन रुवाइ रोकियो। फेरि क्षणभरमै छोरोको रुवाइ झन्झन् बढ्न थालेपछि इन्दु चौधरी अत्तालिइन्।

एरोनलाई मंगलबार बिहानै महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा भर्ना गरेपछि मात्र उनी ढुक्क भइन्। ‘मध्यरातदेखि रुन थाल्यो। खोकी पनि लागिरह्यो। जति फकाए पनि नफकिने’, उनले आँखा मिच्दै भनिन्, ‘रातिका बेला कहाँ लैजाऊँ-लैजाऊँ भयो।’

उनका अनुसार सोमबार बिहान खेलिरहेको छोरो साँझ स्याँस्याँ हुन थाल्यो। रातिदेखिको बिसन्चो बिसेक भएन। अस्पताल नलगी सुक्खै भएन। यो खबर आजको अन्नपूर्ण पोस्टमा दिनेश गौतमले लेखेका हुन्।

उनीझैं दिनहुँ ६५ प्रतिशत अभिभावक पखाला र निमोनियाबाट पीडित शिशु च्यापेर अस्पताल आउने गरेका छन्। तीमध्ये झन्डै पाँच जनाको अवस्था सिकिस्त देखिने चिकित्सक बताउँछन्। ‘पखाला र निमोनियाका बिरामी आउने क्रम बढेको छ’, अस्पतालका निर्देशक डा. आरपी बिच्छाले भने।

जाडोमा रेस्पिरेटरी सेन्सिटियल भाइरस आरएसभीले ब्रोङक्योलाइटिसबाट पीडित हुने बालबालिका धेरै छन्। यो भाइरस संक्रमणले सास फेर्न गाह्रो हुने, बान्ता गर्ने, स्तनपान नगर्नेलगायत लक्षण देखिने डा. बिच्छाले बताए।

कसरी चिन्ने?
पातलो दिसा हुने अवस्थालाई पखालाका रूपमा लिइन्छ। तर, विन्टर डायरिया अलि फरक हुन्छ। यो डायरिया हुँदा सुरुमा बान्ता हुन्छ। त्यसपछि पानीजस्तो पखाला लाग्छ। शरीरमा पानीको मात्रा छिट्टै न्यून गराउँछ। त्यो बेला बच्चा रुने, स्तनपान गर्न नचाहने हुन्छ। ‘शरीरमा पानीको मात्रा कमी हुनुअघि नै सम्बन्धित विज्ञ वा चिकित्सकसमक्ष लगिहाल्नुपर्छ’, डा। बिच्छाले भने, ‘नत्र यसले छिट्टै सिकिस्त पार्छ।’

शिशुले जे खायो त्यही बान्ता गर्छ। चिसोको समय ब्रोङक्योलाइटिसको संक्रमण उच्च हुन्छ। यसको संक्रमणले फोक्सोमा संक्रमण हुन्छ। बान्ता हुन्छ। छाती घ्वारघ्वार हुन्छ। श्वासप्रश्वास तीव्र गतिमा हुन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार चिसो याममा बालबालिका, ज्येष्ठ नागरिक, असहायको जीवन रक्षाका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .