छापा खबर


सर्वोच्चको फैसला : पदीय प्रभावमा हुने शारीरिक सम्बन्ध यौन शोषण हाे

सर्वोच्चको फैसला : पदीय प्रभावमा हुने शारीरिक सम्बन्ध यौन शोषण हाे

नेपालखबर
पुस १४, २०७६ सोमबार २३:५७,

सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’लाई पेशागत मर्यादाविरुद्ध भन्दै नेपाली सेनाको एक क्याप्टेनलाई दोषी ठहर गरेको छ।

मातहतको सैनिकसँग ‘सहमतिमै’ शारीरिक सम्बन्ध राख्ने क्याप्टेनलाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनीहरुलाई दिइएको सजाय सदर गरेको खबर कान्तिपुरले छापेको छ।

सर्वोच्च अदालतले चेन अफ कमाण्डमा रहने कर्मचारीसँगको त्यस्तो सम्बन्धलाई ‘सहमतिका आधारमा’ भनेर मात्रै उन्मुक्ति हुन नसक्ने फैसला गरेको हो।

आपसी सहमतिमा शारीरिक सम्बन्ध भएको भनिएता पनि एउटै संस्थामा सैनिकका रुपमा कार्यरत यी दुवैबीच तहगत रुपमा पनि निकै फराकिलो अवस्था रहेको र ‘पदीय प्रभावले सहमति भनिए पनि त्यस्तो हुन नसक्ने’ निष्कर्ष सर्वोच्चले निकालेको हो।

घटना यस्तो थियो
नेपाली सेनाको चण्डीदल गणका क्याप्टेन भूपेन्द्र खड्काले आफू मातहत कुचिकार पदमा कार्यरत सैनिक युवतीसँग बारम्बार शारीरिक सम्पर्क राख्छन्।

ती विवाहित महिला गर्भवति हुन्छिन्। अनि उनलाई गर्भपतनका लागि खड्काले भारत लैजान सघाएको खुल्छ। सैनिक अदालतले ती पीडित कुचिकारलाई समेत जागिरबाट बर्खास्त गर्ने फैसला गरेको थियो।

आफूलाई सजाय गरेर अन्याय भयो भन्ने दाबी गर्ने खड्काले पैसाको मोलमोलाई नमिलेपछि ती युवतीले आफूविरुद्ध उजुरी गरेको दाबी गर्छन्। खड्काकै भनाईमा, भनेजति रकम दिन इन्कार गरेपछि ती कुचिकारको उजुरीमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

नागढुंगामा प्रहरीले खड्कालाई ती युवतीसहित महेन्द्रनगर जान लागेको अवस्थामा पक्राउ गरेको थियो। जाँचबुझका क्रममा उनीहरु गर्भपतनका लागि भारततिर जान लागेको खुल्यो। र प्रहरीले उनीहरुलाई जंगी अड्डामा बुझायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad