छापा खबर


पत्रकार कुट्ने तीन डिएसपीविरुद्ध अदालतमा मुद्दा दर्ता

पत्रकार कुट्ने तीन डिएसपीविरुद्ध अदालतमा मुद्दा दर्ता

नेपालखबर
पुस २, २०७६ बुधबार ०:२९,

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) समापनका दिन समाचार संकलनका क्रममा आफ्ना खेल पत्रकारलाई कुट्ने प्रहरीलाई सजायको माग गर्दै नेपाल रिपब्लिक मिडिया प्रालीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

२४ मंसिरमा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईं दशरथ रंगशालाअगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटिएका थिए।

मिडियाको तर्फबाट मदन अर्याल प्रहरीबाट कुटिएका पत्रकार चापागाईंले दमनका उत्रेका प्रहरीविरुद्ध मंगलबार कुटपिट मुद्दा दर्ता गरेका खबर आजको नागरिक दैनिकले छापेको छ।

कुट्ने प्रहरीलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मिडियाले मुद्दा दर्ता गरेको हो।

चापागाईंले सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठोर, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र बालाजु प्रहरी वृत्तका डिएसपी बालनरसिंह राणाले कुटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad