ad ad

छापा खबर


जडीबुटी खोज्न गएका यी १२ जना कता हराए?

जडीबुटी खोज्न गएका यी १२ जना कता हराए?

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ०:५७,

जुम्लाको तिला गाउँपालिका ९, सेरा फूलबारी पाटनमा जडीबुटी संकलन गर्न गएका १२ जना बेपत्ता भएका छन्। बिहीबार पाटनमा जडीबुटी संकलनका लागि गएका स्थानीय सम्पर्कमा नआएका हुन्।

बेपत्ता हुनेमा तिला गाउँपालिका ९, ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, नरवीर बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा छन्। उनीहरू आइतबारसम्म सम्पर्कमा नआएको खबर आजको नयाँ पत्रिकामा मानदत्त रावल (जुम्ला)ले लेखेका छन्।

तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले बेपत्ता भएकाको अवस्थाबारे कुनै जानकारी नभएको बताए। उनीहरूसँग फोन सम्पर्कसमेत हुन नसकेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .