छापा खबर


बिर्तामोडका मेयरले गाडी र घरको क्षतिपुर्ति बिमाबाट लिएपछि सरकारसँग ३० लाख मागेको पुष्टि

बिर्तामोडका मेयरले गाडी र घरको क्षतिपुर्ति बिमाबाट लिएपछि सरकारसँग ३० लाख मागेको पुष्टि

नेपालखबर
असार १०, २०७६ मंगलबार ०:२१,

स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपुर्ति लिएका बिर्तामोडका मेयर ध्रुबकुमार सिवाकोटीले एक वर्षअघि नै दुबैको बिमा रकम लिएको खुलासा भएको छ।

२२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट लक्ष्मी काफ्लेले लेखेका छन्।

‘मेयर साबले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो शाखामा निवेदन हाल्नु भएको थियो। २२ असार ०७५ मा दुबैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ,’ एनएलजी इन्स्योरेन्सका एक कर्मचारीले भने, ‘घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी जम्मा ६ लाख ५८ हजार नौ सय ८३ रुपैयाँ भुक्तानी दिइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad