छापा खबर


छाउपडीप्रथाविरुद्ध पहिलोपटक कानुनी कारबाही, छाउगोठमा मृत्युपछि जेठाजु पक्राउ

छाउपडीप्रथाविरुद्ध पहिलोपटक कानुनी कारबाही, छाउगोठमा मृत्युपछि जेठाजु पक्राउ

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ०:४३,

छाउगोठमा ज्यान गुमाएकी अछामकी पार्वती बुढा रावतका जेठाजु छत्र रावत पक्राउ परेका छन्।

साँफेबगर-३ सिद्धेश्वर डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो।

छाउपडी प्रथालाई कानुनी रूपमै अपराध मानेपछि प्रहरीले पहिलोपटक कानुनी प्रक्रियाको सुरुआत गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा गीता कुँवरले लेखेकी हुन्।

यसलाई यसअघि नैतिक अपराध मानिन्थ्यो।

छत्रलाई अनुसन्धानका लागि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीले बताए। ‘मृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे/नपारेका विषयमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘बाध्य पारेको भए त्यहीअनुसार कारबाही हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad