ad ad

छापा खबर


चोर बाटोबाट अमेरिका पस्न खोज्दा अफ्रिकी मुलुकमा अलपत्र

चोर बाटोबाट अमेरिका पस्न खोज्दा अफ्रिकी मुलुकमा अलपत्र

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ३:१,

तस्करलाई पछ्याउँदै अमेरिका छिर्न खोज्दा नेपालीहरू अफ्रिकीलगायत विभिन्न देशमा अलपत्र पर्ने क्रम बढेको छ।

अध्यागमन विभागको पहलमा शुक्रबार दिउँसो मात्रै इन्डोनेसियाको अध्यागमनको नियन्त्रणमा परेका ५ जना काठमाडौं फर्किर्एका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको समन्वयमा एक महिनायता मात्रै मलावीबाट चार र इथियोपियाबाट ६ जनालाई फर्काइएको छ ।

इन्डोनेसियाबाट फर्किएका पाँचमध्ये दुई जना गत फागुन १६ गते र तीन जना फागुनकै पहिलो साता अमेरिका जान भन्दै इन्डोनेसिया उडेका थिए ।

उनीहरूमध्ये तीन जना रुकुमका हुन् भने रोल्पा र बाँकेका एक–एक जना । इन्डोनेसियाको अध्यागमनको नियन्त्रणमा १४ दिन बिताएर फर्किएकाहरूमध्ये एक जना १९ वर्षका मात्रै रहेका खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

संगठित मानव तस्करको गिरोहले उनीहरूलाई काम हुँदैछ भन्दै महिनौंसम्म इन्डोनेसियामा अलपत्र पारेर राखेको थियो । फर्किएकामध्ये दुईले आफूहरूलाई एजेन्टले इन्डोनेसियाबाट इथियोपिया पुर्‍याएर ३६ दिनसम्म राखेर इन्डोनेसिया नै फर्काएको बताए ।

ती दुईलाई एजेन्टले फेरि सिंगापुर छिराउने प्रयास गरे पनि कागजात नमिलेपछि पुनस् इन्डोनेसिया फर्किएका थिए । अन्य तीनलाई भने काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसिया पुर्‍याइएको थियो ।

छ महिना अलपत्र परेका उनीहरू नेपाल फर्किन खोजेपछि ओभरस्टे भएका कारण अध्यागमनको नियन्त्रणमा परेका हुन् ।

उनीहरूलाई अध्यागमन विभाग र नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको पहलमा नेपाल ल्याइएको हो । खर्च अभावमा अलपत्र परेका उनीहरूलाई परिवारका सदस्यले जहाज टिकटको प्रबन्ध मिलाइदिएका थिए ।

अवैध रूपमा मेक्सिको हुँदै अमेरिका छिर्ने सपना बोकेका उनीहरूमध्ये दुईले २७ लाख रुपैयाँ गुमाएका छन् भने दुई जनाले करिब २० लाख र एक जनाले १५ लाख रुपैयाँ सिध्याएका छन् ।

‘कुकुरले नपाउने दुस्ख पाएर फर्कियौं,’ उनीहरूमध्येका एक जनाले भने । आफूहरूसँगै अमेरिका छिर्ने भन्दै हिँडेकामध्ये केही मेक्सिको, पानामा र कोस्टारिका पुगेको उनीहरूले जानकारी दिए ।

मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार अफ्रिकी देश मलावीमा अझै सात नेपाली अलपत्र छन् । उनीहरू भियतनाम, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै त्यहाँ पुगेका हुन् । यसरी नै गएका केही भने थप पैसा दिए मेक्सिको हुँदै अमेरिका छिर्न पाइने आसमा बसेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .