ad ad

छापा खबर


यी हुन् सागमा नेपाललाई स्वर्ण पदक दिलाउने १० खेलाडी

यी हुन् सागमा नेपाललाई स्वर्ण पदक दिलाउने १० खेलाडी

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ३:५,

दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलकुदका लागि एक मात्र यस्तो बृहत् खेल प्रतियोगिता हो, जसमा बलियो चुनौती पेस गर्न सकिन्छ।

त्यो अर्थमा नेपालका लागि सबैभन्दा महत्वपूर्ण अन्तरदेशीय प्रतियोगिता यही हो।

प्रतियोगिताको ३५ वर्ष लामो इतिहासमा नेपालले केही गर्विला उपलव्धी पनि हात पारेको छ।

सागको इतिहासमा यस्ता उपलव्धीको साक्षी बनेका शीर्ष १० नेपाली खेलाडीलाई समेटेर आज प्रकाशित भएको शुक्रबार साप्ताहिकले समाचार तयार गरेको छ।

एथलेक्टिक्सका वैकुण्ठ मानन्धरले साग प्रतियोगितामा नेपालाई लगातार ३ स्वर्ण दिलाएका छन्।

त्यस्तै तेक्वान्दोमा दीपक विष्टले चार स्वर्ण, टेबल टेनिसमा गीता क्षेत्री र सिजरिन शाहले दुई स्वर्ण, बक्सिङमा दलबहादुर रानामगरले नेपाललाई एक स्वर्ण जिताएका छन्।

त्यसैगरी सागको इतिहासमै सबैभन्दा बढी संस्करण खेल्ने नेपाली खेलाडी हुन् राजु शाक्य। यीनले एकदेखि सातौँ संस्करणसम्म फुटबल खेल सागमा खेलेका छन्।

शाक्य सहभागी सातमध्ये तीन संस्करणमा नेपालले स्वर्ण पदक जितेको छ।

त्यसैगरी विवादित भए पनि नेपाली फुटबलका सबैभन्दा ठूला नाम हुन्, गणेश थापा।

उनी तीन सागमा नेपाली फुटबल टोलीमा सहभागी भए। एक खेलमा नेपालले स्वर्ण पदक हात पार्यो भने एक खेलमा उनी आफैँले ह्याट्रिक गरे।

त्यस्तै कराँतेका दीपक श्रेष्ठले सागमा दुई स्वर्ण जितेका छन् भने भारोत्तलनका कमल अधिकारीले एक स्वर्ण जितेका छन्।

तेक्वान्दो खेलाडी संगीना वैद्यले पनि सागमा दुई स्वर्ण र एक कास्य पदक जितेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .