ad ad

छापा खबर


काठमाडौंमा गरिएको अनुगमन : जारको पानी पिउन अयोग्य

काठमाडौंमा गरिएको अनुगमन : जारको पानी पिउन अयोग्य

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ०:४७,

‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउन योग्य नभएको पाइएको छ।

काडमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी बिक्री गर्दै आएको पाइएको हो।

जिल्ला प्रशासनका कार्यालय (काठमाडौं)को नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।

पर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ। यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो।

कम्पनीले पिउन योग्य भनी सिलछाप गरको जार र बोतलका पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .