नेपाली बाँसुदीवादक मनोज सिंह संलग्न एल्बम ‘देवा’ २०२० को ग्रामी अवार्डको मनोनयनमा परेको छ।
आउँदो जनवरी २६ मा अमेरिकामा हुने अवार्डको ६२औं संस्करणमा मनोज संलग्न एल्बम ‘देवा’ कन्टेम्पररी इन्स्टुमेन्टल म्युजिक विधामा मनोनयमा परेको हाे।
संगीतको गरिमामय अन्तर्राष्ट्रिय अवार्ड मानिने ग्रामीमा नेपाली संगीतकार संलग्न सिर्जनाले पहिलोपटक प्रवेश पाएको हो। यो खबर आजको कान्तिपुरले छापेको छ।
मनोनयनको मुख्य जस भने जर्मन गायिका देवा प्रेमलको एल्बम ‘देवा’लाई जानेछ।

प्रतिक्रिया