ad ad

छापा खबर


प्रचण्डको बदनाम गर्ने एसपीकाे सरुवा

प्रचण्डको बदनाम गर्ने एसपीकाे सरुवा

नेपालखबर
मंसिर २, २०७६ सोमबार ३:४२,

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै कमाउधन्दा सञ्चालन गर्ने चितवनका एसपी दानबहादुर मल्लको सरुवा हुने भएको छ।

मल्ल चितवनमा सरुवा भएको २०७६ मंसिर १२ मा ७ महिना पुग्दै छ। ७ महिनामै उनी तानिने भएका छन्। चितवनमा पठाउन काबिल एसपीको खोजी सुरु भइसकेको छ।

मल्लका कारण आफ्नो छविमै आघात पर्ने थालेपछि नेकपा अध्यक्ष प्रचण्डले आईजीपी सर्वेन्द्र खनाललाई उनको विकल्प खोज्न संकेत गरिसकेको स्रोतले बताएको छ भनेर आज सोमबारको साँघु साप्ताहिकले लेखेको छ।

प्रचण्डको संकेतपछि आईजीपी खनालले एसपी मल्ललाई यसै हप्ता काजमा तान्ने तयारी गरेको स्रोत बताउँछ।

रवि लामिछानेदेखि ज्ञानेन्द्र शाहीसम्मका घटनालाई अनावश्यक रूपमा उछाल्न पनि एसपी मल्लकै भूमिका देखिएको आकलन गरिएको छ।

एसपी मल्लले आफूलाई अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको आशीर्वाद छ भन्दै मनपरी काम गर्दैआएको विषयमा समाचार समेत सार्वजनिक हुँदै आएका छन्।

प्रचण्डका बडिगार्ड बसेकाले उनलाई एकपछि अर्काे इन्चार्ज बनाइएको र रोजेका जिल्ला चितवनमा प्रमुखमा पठाइएको विषयमा प्रहरीभित्रै असन्तुष्टि छ। उनलाई चितवनमा राख्दा एकपछि अर्काे विवाद निम्तिएकाले प्रचण्डले उनलाई दसैंपछि भेट्न जाँदासमेत भेट नदिएको चर्चा पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .