छापा खबर


२५ किमी तत्कालै कालोपत्रे गरिने, यसरी अघि वढ्दैछ फास्ट ट्रयाकको काम

२५ किमी तत्कालै कालोपत्रे गरिने, यसरी अघि वढ्दैछ फास्ट ट्रयाकको काम

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ०:५०,

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ- निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँ अवधारणाअनुसार कामलाई गति दिने भएको छ।

सेनाले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरु आफैँ निर्माण गर्न लागेको खबर आजको कारोबार दैनिकमा बाराबाट प्रकाश लम्सालले लेखेका छन्।

दु्रतमार्गको सडक फिलिङ र कटिङ सकिएका क्षेत्र करिब २५ किमी कालोपत्रे तत्काल थालिने र सँगै नाला, पर्खाल बनाउँदै लैजाने सेनाको योजना छ।

बाँकी क्षेत्रमा पनि सडक फिलिङ, कटिङसँगै कालोपत्रे गर्दै जाँने आयोजनाका को अर्डिनेटर भरत खड्काले बताए।

सेनाले निगजढदेखि ८.५ किमी उत्तरतर्फ सडक पिच, कल्भर्ट र पुल निर्माणको काम तत्कालै थाल्ने भएको छ।

सिस्नेरीको कठिन स्थानमा निर्माण कम्पनीले पहाड फोड्नेदेखि सम्याउने काम सबै खोजेपछि सेना आफैँले ४ लेनलाई चिरा पारेर २ लेनको बनाउने र चारलेनसँगै जोड्ने तयारी गरेको छ।

फिलिङ भएको स्थानमा पिच गर्दै अगाडि बढ्ने र चोभारदेखि बागमती खोलासम्म फिलिङ, कटिङसँगै कालोपत्रे गर्ने खड्काले बताए।

चार वर्षभित्र निर्माणको सबै काम सक्ने सर्तसहति २७ साउन ०७४ मा निर्माणको जिम्मा सेनाले पाएको थियो।

सर्त अनुसार सेनाले २७ साउन ०७८ भित्र फास्ट ट्रयाक निर्माणको काम सक्नुपर्ने छ।

सेनाका अनुसार अहिले ५४.५१ किमी सडकमा फिलिङ, कटिङ, वाल जमिन बाँध्ने काम भइरहेको छ।

सम्झौता अवधिभन्दा एक वर्षअघि नै काम सक्ने दाबी सेनाले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad