ad ad

छापा खबर


यसै वर्ष सातवटा सुरुङमार्ग निर्माण कार्य अघि वढ्ने

यसै वर्ष सातवटा सुरुङमार्ग निर्माण कार्य अघि वढ्ने

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार २:६,

सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ।

यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ।

सरकारले हालै मात्र नागढुंगा–सिस्नेखाला २.६८ किलोमिटर सुरुङमार्गको शिलान्यास गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सुरुङमार्ग ४२ महिनाभित्र बनिसक्नेछ। अहिले नागढुंगादेखि सिस्नेखोलासम्म साढे ८ किमि छ।

सुरुङमार्ग बनेपछि दूरी घटेर करिब ४ किमिमा झर्नेछ । गत ४ कात्तिकमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यासका क्रममा मन्त्री महासेठले यो आर्थिक वर्षमा ७ वटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउने सम्बन्धित निकायलाई निर्देशन दिई सकेको जानकारी गराएका थिए।

उनले अब सुरुङमार्ग निर्माणले गति लिने समेत जनाएका थिए । ‘अब सरकारको प्राथमिकता भौगोलिक अवस्थाले केही असहज देखिएको सडकमार्गमा सुरुङको सहायताले सहज बनाउनेतर्फ रहने छ,’ उनको भनाइ थियो।

सरकारले सिद्धबाबा, थानकोट–चित्लाङ, कुलेखानी–भीमफेदी, गोदाबरी–मानेचौर, बुटवल–नारायणगढको दाउन्ने उकालोमा सुरुङमार्ग बनाउन अध्ययन गरिने जनाएको छ।

यसैगरी, कैलालीको खुटिया–बीपीनगर–दीपायल, कास्कीको हेम्जा–नयाँपुल, दोलखाको लामाबगर, खुर्कोट–चियाबारीमा पनि सुरुङमार्गको निर्माणका लागि अध्ययन थाल्ने मन्त्रालय जनाएको छ।

मन्त्रालयका अनुसार कोटेश्वर, नयाँबानेश्वर, गौशाला, चाबहिल, कालीमाटी, त्रिपुरेश्वर, थापाथलीसहित सात ठाउँमा आधुनिक ओभरहेड ब्रिज, अन्डर पास र सुरुङमार्ग बनाउने निर्णय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .