थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बिरामीले सहज रूपमा सेवा पाउन नसक्दा सास्ती बेहोर्न बाध्य छन्।
बिरामी उपचारका लागि टाढाटाढाबाट अस्पताल आउने गरे पनि सहज रूपमा सेवा पाउन नसकेको देखिएको छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।
बिरामीले सहज सेवा पाउन नसक्दा सास्ती पीडा र समस्या भोग्न बाध्य छन्।
सेवा प्रवाहका लागि खटिएका कर्मचारीले मुस्कानसहितको सेवा नदिएको, बिरामीमैत्री व्यवहार नगरेको गुनासो बिरामीले गरे।
माछापोखरी बस्दै आएकी हिमा ढुंगानाको एक्कासि पेट दुखेपछि उपचारका लागि अस्पतालको इमर्जेन्सी कक्षमा पुगिन् । उनी बिहान १० बजे आए पनि दुई बजेसम्म चेकजाँचका लागि बेड नपाएपछि कक्षको मेन गेटमा रहेको बेन्चमा बसिरहिन्त, र पालो आएन।
४ घण्टासम्म पनि बेड नपाएपछि रिपोर्टरले नर्सलाई सोध्दा नर्स भन्छिन्, ‘इमर्जेन्सीमा डाक्टरले चेकजाँच गर्न मिल्ने पाँच मात्रै बेड छन् । त्यही भएर पालो कुनुपर्ने हुन्छ।’
२३ वर्षीया सबिता गुरुङ सुत्केरी भएपछि नियमित चेकजाँचका लागि दिउँसो एक बजे अस्पताल पुगिन् । उनलाई गार्डले एक बजिसक्यो तुरुन्त टिकट काट्न आग्रह गरे । तर, ओपीडी काउन्टर बन्द भइसकेको थियो।
सबिताका आफन्त रबिनले भने, ‘के गर्नु महाराजगन्जबाट ट्याक्सी रिजर्भ गरेर आएँ । फर्किनुप¥यो।’
ओपीडी काउन्टर बिहान ७ बजेदेखि १ बजेसम्म खुला हुन्छ । विराटनगरका अर्जुन राई औषधि लिन अस्पतालको फार्मेसीमा पुग्छन् । तर, त्यहाँ लाइनको ताँती देखेपछि उनले औषधि किन्न निजी फार्मेसी जान्छन् । उनले भने, ‘औषधि किन्न यति धेरै लाइन लाग्नुपर्छ । योभन्दा त निजी औषधि पसलबाटै किने चाँडै हुन्छ।’
व्यवस्थापकीय समस्याका कारण अन्ततः उनी अप्रेसन गर्दा दुखाइ कम हुने औषधि किन्नका लागि निजी अस्पताल धाउन बाध्य हुन्छन् । फार्मेसी अधिकृत कृष्णकुमार यादवका अनुसार दरबन्दी कम हुँदा सेवा प्रवाहमा समस्या भएको स्वीकार्छन् ।
उनले भने, ‘एक जना फर्मासिस्ट र पाँच जना फार्मेसी सहायकको दरबन्दी छ । हामीले थप तीन जना जनशक्तिको माग गरेका छौं । माग सम्बोधन भएको छैन, त्यही भएर पनि सेवा प्रवाहमा समस्या भएको यथार्थ हो। ’
–ओपीडीमा आउँछन् तर उपचार नपाएर फर्किंदै बिरामी
–दैनिक ६ सय बिरामी तर, इमर्जेन्सीमा २० बेड
–औषधि किन्न निजी पसल धाउँछन् बिरामीका आफन्त
–ल्याबको रिपोर्ट एक सातापछि मात्र
– भिडियो एक्सरे गर्न एक दिन नै कुर्नुपर्ने अवस्था

प्रतिक्रिया