छापा खबर


नेपाल भ्रमणपछि चीन ‘प्रसन्न’, समीक्षा गर्दै भन्यो...

नेपाल भ्रमणपछि चीन ‘प्रसन्न’, समीक्षा गर्दै भन्यो...

नेपालखबर
कात्तिक २, २०७६ शनिबार १:१३,

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ।

नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीको बुझाइ छ।

चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आआफ्ना मातहतमा भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको बेइजिङका अधिकारीले बताए। समकक्षीहरूसँग भ्रमण सफलताको व्याख्यासमेत उनीहरूले गरेको बेइजिङका ती उच्च अधिकारीले बताए।

नेपालमा लामो समयदेखि यो स्तरको भ्रमण नभएको र अर्काे छिमेक अनि मित्र राष्ट्रहरूको प्रभाव पारिरहेको अवस्थालाई मध्यनगर गर्दै भएको फलदायी भएको समीक्षा उनीहरूले गरेका छन्।

बीआरआईमा नेपालको साथ दृढ रहेको र नेपालसँगका परियोजना अगाडि बढाउनुपर्ने चिनियाँ समीक्षामा उल्लेख छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

विदेशमन्त्री वाङले आफ्नो मन्त्रालयमा र थोङले पार्टीमा यस्तो समीक्षा गरेका थिए। भ्रमणको समीक्षा गरेका थिए। भ्रमणको समीक्षा लिखित रूपमा मन्त्रीहरू र सम्बन्धित निकायमा प्रस्तुत भएको जानकारी बेइजिङले दिएको छ। ती उच्च अधिकारीले नेपाललाई चीनले राजनीतिक प्राथमिकता दिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad