सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा शिवमाया तुम्बाहाङफेको यात्रा पनि धरमरमा देखिएको छ।
संविधासनभासमा एउटै राजनीतिक दलबाट सभामुख र उपसभामुख बनाउन नपाइने व्यवस्था छ। पूर्वमाओवादी पक्षधरले समाभुख आफैंलाई चाहिने दाबी गर्दा शिवमाया तुम्बाहाङफले राजीनामा त दिनुपर्छ नै, पूर्वएमालेको पृष्ठभूमिबाट आएकाका लागि सभामुख बन्ने ढोका पनि बन्द हुनेछ।
‘सभामुख नबनाउने हो भने म राजीनामा दिन्नँ’ भन्ने तर्क उनी अघि सार्न पनि सक्छिन् तर राजनीतिक दलसम्बन्धी ऐनले संसदको पदाधिकारीमा चयन हुनुलाई दल त्याग गरेको नमान्ने भएकाले ‘पार्टीको निर्देशन मान्दिनँ’ भन्न सक्ने अवस्था सम्भवतः आउने छैन तर महराका कारण आफूलाई अप्ठ्यारोमा पार्न नहुने तर्क तुम्बाहाङफेको छ।
‘महराको गल्तीमा मैले किन सजाय पाउने?’ तुम्बाहाङफेले आफू निकटहरूलाई यसो भन्न थालेकी छन्। उनको तर्कसँग पूर्वमालेको केही नेता पनि सहमत छन्। पार्टी एकीकरण भइसकेकाले अब पनि पूर्वएमाले र पूर्वमाओवादी भनिरहन आवश्यक नभएको उनीहरूको जिकिर छ। यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी छन्।
नेकपामा उक्त समूह तुम्बाहाङफेलाई उपसभामुखबाट राजीनामा गराएर सभामुख नै बनाउने पक्षमा देखिएको छ तर त्यो मत उति बलियो छैन।
बलात्कार प्रयास आरोपमा तत्कालीन सभामुख महरा पक्राउ परेपछि संसदमा अहिले यो पद रिक्त छ।
Shares

प्रतिक्रिया