छापा खबर


आलम प्रकरण : प्रत्यक्षदर्शी भन्छन्,‘भट्टाभित्र नछिरेका घाइतेलाई हात गिँडेर धकेलियो’

आलम प्रकरण : प्रत्यक्षदर्शी भन्छन्,‘भट्टाभित्र नछिरेका घाइतेलाई हात गिँडेर धकेलियो’

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार १:१४,

बम विस्फोटमा घाइते भएका श्रीमान् ओसी अख्तरलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गर्दा आस्नाको काखमा दुई वर्षका छोरा थिए, कोखमा दुई महिनाको गर्भ। कोखको बच्चा जन्मिएर १२ वर्ष भएका छन्।

ओसीकी आमा न्यायका लागि संघर्ष गर्दै रौतहटदेखि काठमाडौँसम्म धाइन् । सर्वोच्चको ढोका ढक्ढक्याइन् । तर, त्यहीबीचमा गाउँमै गोली हानेर उनको हत्या गरियो। छोरा गुमाएकी आमा न्यायको लडाइँमा सहिद भइन्। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

प्रत्यक्षदर्शी समसुल मियाँ भन्छन्
बोरामा प्याक गरिएका घाइते र मृतकका शरीर ट्र्याक्टरमा लोड गरिएको थियो । प्रहरी भ्यानको स्कर्टिङसँगै ट्र्याक्टर खेततर्फ लाग्यो। पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्र्याक्टर रोकियो।

त्यसपछि बोरामा प्याक गरिएका रक्ताम्मे शरीर इँटाभट्टामा हालिरहेको देखेँ । भट्टामा नछिरेका शरीरलाई खुकुरी र बन्चरोले छिनाल्दै भित्र हाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad