हङकङमा कारले ठक्कर दिँदा भारतीय नागरिक गम्भीर घाइते

 हङकङमा कारले ठक्कर दिँदा भारतीय नागरिक गम्भीर घाइते

नेपालखबर
भदौ १८, २०७६ बुधबार १२:५६,

हङकङमा  निजी कारको ठक्करबाट  ३३ वर्षीय एक भारतीयमूलका एक नागरिक गम्भीर घाइते बनेका छन्।

 बुधबार बिहान करिब १ बजेतिर वान चाईको कुईन्स रोड ईस्ट नजिकै स्टोन नुल्लह लेनको ट्राफिक लाईट जेब्राक्रसमा बाटो काटिरहेका  हङकङ परिचय पत्र बाहक भारतीयमूलका ती व्यक्तिलाई कारले ठक्कर दिएको हो।

हरियो बत्तीमा बाटो काटिरहेका ती भारतीय नागरिकमाथि द्रूत गतिमा आएको निजी कारले ठक्कर दिँदा उनी घटनास्थलमै बेहोस भएका थिए। उनको कम्मरमा चोट लागेको छ।

उनलाई पोक फू लाम स्थित कुईन मेरी अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ भने घाईते जीवन मरणको दोसाधमा रहेको साउथ चाइना मर्निङ पोस्टले बताएको छ।

प्रहरीको प्रारम्भिक अनुसान्धन अनुसार ती पैदलयात्रीलाई गाढा रङको कारले ठक्कर दिँदा उनी २ मिटर पर उछिट्टिएका थिए। दुर्घटनापछि उक्त चालकले कार रोक्नुको सट्टा द्रूत गतिमा भागेका थिए। ठक्कर दिँदा खसेको सो होन्डा कारको प्लेटको एक टुक्रा घटनास्थलमा फेला परेको थियो।

प्रहरीले कारको अगाडिको भाग क्षति भएको हुन सक्ने अनुमान गरेको छ। हङकङ आइल्यान्ड ट्राफिक एकाईका अधिकारीहरूले कार र यसको चालकलाई व्यापक खोजी गरिरहेको छ।

प्रहरीका अनुसार उक्त दुर्घटनास्थलमा कुनै ट्राफिक ब्ल्याक स्पट नभएको बताएको छ। स्रोतले चालकले मादक पदार्थ सेवन गरि सवारी चलाएको हुन सक्ने अनुमान गरेको छ।

सीसीटीभीको फुटेजमा चालकले जिगज्याग गर्दै द्रूत गतिमा सवारी चलाएको देखिएको छ। उक्त क्षेत्रमा ५० किलोमिटर प्रतिघण्टाको स्पिड लिमिट निर्धारण गरिएको छ।

प्रहरीले कुनै प्रत्यक्षदर्शी वा कसैलाई घटनाका बारेमा जानकारी भए फोनमार्फत सूचना उपलब्ध गराईदिन आग्रह गरेको छ।

हङकङमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गईरहेका छन्। एक आधिकारिक तथ्यांक अनुसार यस वर्षको पहिलो सात महिनामाभित्र हङकङमा ५४ दुर्घटनामा ५५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .