हङकङकी स्वास्थ्यमन्त्री सोफिया चानका अनुसार भोलि शुक्रबारदेखि खोप लगाउन चाहनलेहरुले आवेदन भर्न सक्नेछन्।
चानले अभिभावकहरुलाई आफ्ना छोराछोरीको आवेदन भरिदिन आग्रह गरेकी छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार बालबालिकालाई जर्मन कम्पनी बायोएनटेकले विकास गरेको खोप लगाइनेछ।
बालबालिकाहरुलाई २४ खोप केन्द्रबाट खोप दिइनेछ।
हङकङ सरकारका अनुसार विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेको खोपलाई हङकङका बालबालिकाले लगाउनेछन्।
यो खोप प्रभावकारी भएको र हालसम्म २२ अर्ब मानिसमा यो प्रयोग भइसकेको बताइएको छ।
खोप लगाए मात्र कोरोना भाइरसबाट जोगिन सकिने विज्ञहरुले बताएपछि बालबालिकामा पनि खोप कार्यक्रम सुरुवात गरिएको हो।
प्रतिक्रिया