हङकङमा कोरोना खोप लगाउने व्यक्तिलाई ११ करोड ३० लाख डलरको उपहार र सुविधा

हङकङमा कोरोना खोप लगाउने व्यक्तिलाई ११ करोड ३० लाख डलरको उपहार र सुविधा

नेपालखबर
जेठ २६, २०७८ बुधबार १४:०,

हङकङमा ७५ लाख मानिसहरु बसोबास गर्दछन्। हालसम्म २० प्रतिशतभन्दा कम मानिसले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन्।

बाँकी जनसंख्या भने कोरोनाविरुद्धको खोप लगाउन राजी छैनन्। हङकङ कोरोनाबाट कम प्रभावित क्षेत्र हो। साथै त्यहाँका नागरिक सरकारलाई विश्वास गर्दैछन्। यहीकारण उनीहरुले खोप लगाउन नमानेको बताइएको छ।

हङकङमा सन् २०१९ मा आयोजना भएको शहरव्यापी प्रदर्शनपछि हङकङका नागरिक त्यहाँको क्यारी लाम सरकारलाई विश्वास गर्दैनन्।

चीनले यतिबेला हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरिदिएको छ भने चीनले हङकङमा राष्ट्रवादी व्यक्तिलाई मात्र चुनावमा लड्न दिने कानुन पनि बनाएको छ।

यी कानुनले आफूहरु असुरक्षित भएको हङकङका नागरिक बताउँछन्। शहरले चीनको कानुनलाई अंगिकार गरेपछि हङकङबासी सरकारप्रति असन्तुष्ट भएका छन् जसका कारण उनीहरु खोप लगाउन असमर्थ भएका हुन्।

खोप लगाउनेलाई सुविधा र अफर

तर यतिबेला हङकङका सरकारी तथा निजी कम्पनी, एनजीओ, आइएनजीओ लगायतका २८ संस्थाहरुले कोरोनाविरुद्धको खोप लगाउन प्रेरित गर्न ११ करोड ३० लाख हङकङ डलरको उपहार र सुविधा लिएर आएका छन्।

कम्पनीहरुले निशुल्क फ्ल्याट सुविधा, विमान सेवा, पानी जहाज सेवा, सुन उपहार, पैसा उपहारको कार्यक्रम ल्याएका छन्।

एससीएमपीका अनुसार ड्रिम क्रुजेज कम्पनीले १० लाख हङकङ डलर बराबरको सुविधा दिने बताएको छ भने हङकङको न्यु पिपुल्स पार्टीले घडी, ल्यापटप, स्मार्टफोन पुरस्कारको लागि १० लाख डलर छुट्याएको छ।

यस्तै न्यु वर्ल्ड डेभलोपमेन्टले एक लाख डलरको सुविधा दिने बताएको छ। यसमा निशुल्क स्वास्थ्य उपचार तथा परामर्श समेटिएको छ। त्यस्तै खोप लगाउनेमध्ये विजेता ३६ जनालाई सीके एसेट होल्डिङ कम्पनीले २ लाख डलरको सपिङ भौचर वितरण गर्नेछ।

अन्य सुविधा दिनेमा सांग्रिला ग्रुप, हाङ लुङ प्रोपर्टिज, गुडम्यान हङकङ, हेन्डर्सन ल्यान्ड डिभलोपमेन्ट, हङकङ जनरल च्याम्बर अफ कमर्स, क्याथे प्यासिफिक एयरवेज, चिनाचेम ग्रुप, एफटी लाइफ इन्स्युरेन्स लगायत रहेका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .