हङकङमा ४३ पेट्रोल बम फेला परेपछि एक ट्याक्सी चालकलाई चार वर्षको जेल

हङकङमा ४३ पेट्रोल बम फेला परेपछि एक ट्याक्सी चालकलाई चार वर्षको जेल

नेपालखबर
जेठ ३, २०७८ सोमबार १३:३२,

हाल सोही ट्याक्सीका चालक ३२ वर्षका साङ विइ–लुङलाई हङकङको अदालतले चार वर्षको जेल सजाय सुनाएको छ।

सन् २०१९ अक्टोबर २० मा एजुकेसन युनिभर्सिटीस्थित तिङ कोकमा रोकिएको लुङको ट्याक्सीमा पेट्रोल बम फेला परेका थिए।

सो पेट्रोल बम उनका थिएनन्। उनले आफ्ना पुरानो ग्राहकको सामगी बोकेका थिए।

सो सामग्री शहरको प्रहरी र प्रशासनमाथि घातक भएको अदालतको ठहर छ।

साथै अदालतले उनलाई सो सामग्री पेट्रोल बम नै भएको थाहा हुँदाहुँदै उनले त्यसलाई पैसाको लागि बोकेपछि सो कार्य अपराध भएको अदालतको भनाइ छ।

अपराधलाई सहयोग गर्ने पनि अपराधी भएको भन्दै अदालतले उनलाई चार वर्षको जेल सजाय सुनाएको हो। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .