कोरोनाका कारण हङकङका विद्यार्थी पढाईमा भन्दा बढी भिडिओगेममा आकर्षित

कोरोनाका कारण हङकङका विद्यार्थी पढाईमा भन्दा बढी भिडिओगेममा आकर्षित

नेपालखबर
जेठ १, २०७८ शनिबार ११:५८,

हङकङको क्रिश्चियन सर्भिस एनजीओले दुई हजार प्राथमिक र माध्यमिक तहको विद्यार्थीमा गरेको सर्वेक्षणमा विद्यार्थीहरु यतिबेला पढाईमा भन्दा बढी अनलाईन भिडिओगेममा आकर्षित भएको देखिएको हो।

कोरोना प्रकोपसँगै शहरमा लकडाउन लागू भएपछि विद्यालयहरु बन्द भएका थिए।

सर्वेक्षणमा ५६ प्रतिशत विद्यार्थीहरु अहिले सक्रिय रुपमा अनलाईन गेममा व्यस्त भएको देखिएको छ।

७६ प्रतिशत विद्यार्थीले गेम खेल्दा तनाव कम हुने र समय कटाउन सजिलो भएको बताएका छन्। उनीहरुले अल्छि लाग्दा मात्र गेम खेलेको जनाएका छन्।

यस्तै ११ सय ४० अभिभावकमा पनि विद्यार्थीले गेम खेल्ने विषयमा अनुसन्धान गरिएको थियो।

अनुसन्धानमा छोराछोरीले धेरै गेम खेल्दा आफूहरुलाई उनीहरुको अभिष्यको बारेमा चिन्ता लागेको ६४ प्रतिशत अभिभावकले बताएका छन्।

तर सोही समयमा ५८ प्रतिशत अभिभावकले तनाव र थकान कम गर्न उनीहरुले गेम खेलेकोमा सहमति जनाएका थिए।

पहिलेको तुलनामा केटी विद्यार्थीहरुले पनि अनलाईन गेमिङमा रुची राख्न थालेको बताइएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .