सोमबार यहाँ मात्र ९ कोरोना संक्रमित थपिएका हुन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यो संख्या गएको तीन महिनायताकै सबैभन्दा कम कोरोना संक्रमितको संख्या हो।
सोमाबार थपिएका नयाँ संक्रमितमध्ये ४ स्थानीय स्तरबाटै संक्रमित भएका हुन्। यस्तै अन्य ५ जना संक्रमित भने भारत, इन्डोनेसिया, पोल्यान्ड र फिलिपिन्सबाट आएका व्यक्ति हुन्।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७८८ पुगेको छ। हालसम्म यहाँ १९३ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ।
यसैबीच हङकङमा यसै फेब्रुअरी महिनाबाट सुरुवात हुने भनिएको कोरोनाविरुद्धको खोप कार्यक्रम एक महिना पछाडि धकेलिएको छ।
हङकङका निजामती सेवाका सचिव रहेका निप ताक–क्युनले खोप कार्यक्रम सरेको र मार्च महिनाबाट सुरुवात हुने जानकारी दिएका हुन्।
हङकङले फाइजर–बायोएनटेक, चिनियाँ सिनोभ्याक, तथा अक्सफोर्ड एस्ट्राजेनिकाको खोपलाई प्रयोगका स्वीकृती दिएको छ।
Shares
प्रतिक्रिया