कोरोनाको प्रभाव घटेपछि हङकङमा व्यक्ति–व्यक्तिबीच अपनाइनुपर्ने दुरीको नियम हटाइएको छ।
यो नियम तीन महिनापछि हटाइएको हो। यसअघि चार जनाभन्दा बढी होटल तथा रेस्टुरेन्टका टेबलमा बस्न पाउँदैन थिए।
यो नियम ब्युटी पार्लर, जिम लगायतका भिड हुने स्थानमा लागू गरिएको थियो। बिहीबारदेखि यो नियम हट्ने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हिजो सोमबार यहाँ मात्र ९ कोरोना संक्रमित थपिएका थियो। यो संख्या गएको तीन महिनायताकै सबैभन्दा कम कोरोना संक्रमितको संख्या हो।
आज मंगलबार ९ भन्दा कम कोरोना संक्रमित हङकङमा थपिएका छन्। आज मंगलबार मात्र ८ संक्रमित थपिएका हुन्।
यससँगै हङकङमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १० हजार ७९६ पुगेको छ। हालसम्म यहाँ १९३ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ।
हङकङमा अर्को महिना मार्चबाट कोरोनाविरुद्धको खोप कार्यक्रम पनि संचालन हुँदैछन्।
हङकङले फाइजर–बायोएनटेक, चिनियाँ सिनोभ्याक, तथा अक्सफोर्ड एस्ट्राजेनिकाको खोपलाई प्रयोगका स्वीकृती दिएको छ।
प्रतिक्रिया