निजामती सेवाका सचिव रहेका निप ताक–क्युनले आइतबार खोप कार्यक्रम सरेको र मार्च महिनाबाट सुरुवात हुने जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आइतबार हङकङमा १२ कोरोना संक्रमित थपिएका छन्। यससँगै हङकङमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १० हजार ७८० पुगेको छ।
यहाँ हालसम्म १९३ को कोरोनाको कारण मृत्यु भइसकेको छ भने १० हजार १८५ उपचारपछि स्वस्थ बनेका छन्।
विश्वका विभिन्न मुलुकमा कोरोना खोप कार्यक्रम सुरुवात भइसक्दा हङकङमा हालसम्म खोप कार्यक्रम सुरुवात भएको छैन।
यद्यपी आगामी महिनाबाट भने खोप कार्यक्रम सुरुवात हुने सरकारले घोषणा गरेको छ।
हङकङले फाइजर–बायोएनटेक, चिनियाँ सिनोभ्याक, तथा अक्सफोर्ड एस्ट्राजेनिकाको खोपलाई प्रयोगका स्वीकृती दिएको छ। एससीएमपी
प्रतिक्रिया