नेपाली प्रतिभा प्रतिष्ठानले दियाे साहित्यकार डा. विमललाई सम्मान र कवि तुम्खेवालाई पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठानले दियाे साहित्यकार डा. विमललाई सम्मान र कवि तुम्खेवालाई पुरस्कार

मगेन्द्र राई
माघ १८, २०७७ आइतबार ७:४,

बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले सन् २०२० को ‘प्रतिभा सम्मान’ र ‘प्रतिभा पुरस्कार’ क्रमशः वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा‍‍. राजेन्द्र विमल र कवि विमला तुम्खेवालाई प्रदान गरेको छ।

pratibha1

दुवै स्रष्टालाई प्रतिष्ठानले शनिबार काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा कार्यक्रम आयोजना गरी सम्मान एवं पुरस्कार प्रदान गरेको हो।

उनीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ताम्रपत्र र नगद हस्तान्तरण गरेका थिए।

लामो समय प्राध्यापन पेसामा रहेर नेपाली तथा मैथली भाषा/साहित्य, कला र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदानबापत डा. विमलालाई सम्मान तथा कविता लेखनमा उल्लेखनीय योगदान पुर्‍याएकामा कवयित्री तुम्खेवालाई प्रतिभा पुरस्कार दिइएको हो।

उनीहरूले ताम्रपत्रसहित क्रमशः ५० हजार र एक लाख रुपैयाँ पनि प्राप्त गरेका छन्।

समारोहलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले स्रष्टाहरूलाई सम्मान गर्ने प्रतिभा प्रतिष्ठान (बेलायत) को प्रशंसा गरे।

यस्ता कार्यले स्रष्टा प्रोत्साहित हुने तथा उनिहरूको योगदानको उच्च मूल्यांकन हुने बताउँदै प्रतिष्ठानले नेपाली वाङमयको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकाे बताए।

समारोहमा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै प्राज्ञ–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि तीलविक्रम नेम्वाङ (वैरागी काइँला) ले कोरोना महामारीको असहज परिस्थितिमा पनि साहित्य सिर्जनाले नेपाली भावनालाई एकताको सूत्रमा बाँधेको धारणा राखे।

पुरस्कृत डा. विमलले नेपाली जहाँ जुन देशमा रहे पनि भूगोलले नछेक्ने बताउँदै सम्मानले भावनात्मक एकता प्रगाढ भएको सन्देश दिएको बताए। सम्मानले जिम्मेवारी थपेको पनि उनले बताए।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका निम्ति सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २६ जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिसकिएको नेपालखबरलाई जानकारी दियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .