हङकङबाट ताइवान भाग्दै गर्दा पक्राउ परेका दशजनालाई ३ वर्षसम्मको जेल सजाय

हङकङबाट ताइवान भाग्दै गर्दा पक्राउ परेका दशजनालाई ३ वर्षसम्मको जेल सजाय

नेपालखबर
पुस १५, २०७७ बुधबार ८:५,

मुख्यक्षेत्र चीनको सेनजेनस्थित अदालतले उनीहरुलाई बुधबार सातदेखि ३ वर्षसम्मको जेल सजाय तोकोको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

पक्राउ परेकामध्ये दुई जना उमेर नपुगेका किशोरलाई भने हङकङ प्रहरीको जिम्मा लगाइएको छ।

उनीहरु अवैधरुपमा गत अगष्टमा हङकङबाट ताइवान भागिरहेका थिए। चिनियाँ प्रहरीले आफ्नो समुद्री क्षेत्रमा अनुमति बिना प्रवेश गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो।

हङकङमा गतवर्ष सरकारविरद्धको प्रदर्शनका क्रममा सहभागी भएका प्रदर्शनकारीलाई उनीहरुको अपराध हेरेर हाल नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

मुख्यक्षेत्र चीनले नयाँ सुरक्षा कानुन लागू गरिदिएपछि हाल चीनको विरोध गर्ने, चिनियाँ झण्डा जलाउने प्रदर्शनकारीहरु त्रसित छन्। सोही कारण उनीहरु ताइवान भाग्ने क्रम जारी छ।

यिनीहरु सबै गतवर्ष सरकारविरद्धको प्रदर्शनका उत्रिएका व्यक्तिहरु भएको बताइएको छ।

अधिकारीहरुका अनुसार पक्राउ परेका मध्ये ताङ किया–यिनलाई २० हजार युआन जरिवाना र तीन वर्षको जेल सजाय सुनाइएको छ। यस्तै क्विन मुनलाई १५ हजार युआन जरिवाना र दुई वर्षको जेल सजाय दिइएको छ। यी दुवै महिला हुन्।

बाँकी आठ जनालाई ७ महिनाको जेल सजाय सुनाइनुका साथै १० हजार युआन जरिवाना तिराइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .