हङकङमा कोरोनाका कारण थप दुईको मृत्यु, ६१ नयाँ संक्रमित थपिए

हङकङमा कोरोनाका कारण थप दुईको मृत्यु, ६१ नयाँ संक्रमित थपिए

नेपालखबर
पुस १३, २०७७ सोमबार १३:७,

६१ नयाँ संक्रमति थपिँदा यहाँ थप दुईको कोरोनाका कारण मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यससँगै हङकङमा कोरोना भाइरसका संक्रमतिको कुल संख्या ८ हजार ६७२ पुगेको छ भने संक्रमितमध्ये १३९ को मृत्यु भइसकेको छ।

यस्तै ७ हजार ५ सय २६ कोरोनामुक्त भएका छन्। आज थपिएका संक्रमितमध्ये १९ जनाको भने कन्ट्र्याक्ट ट्रेसिङ गर्न नसकिएको एससीएमपीले जनाएको छ।

यसैबीच हङकङमा रहेका सबै सार्वजनिक अस्पतालहरुमा कोरोना नियन्त्रणका लागि विशेष नियम बनेको छ।

युनाइडेड क्रिस्टियन हस्पिटलको सघन उपचार कक्षसँग सम्बन्धित धेरै संक्रमितहरु देखिन थालेपछि यहाँका सबै अस्पतालका बिरामीको कोरोना परीक्षण गरिने भएको छ।

बिरामीदेखि स्वास्थ्यकर्मी सबैको कोरोना परीक्षण पुनः हुने बताइएको छ।

कुन तोङस्थित युनाइडेट क्रिस्टियन हस्पिटलका बिरामीमा कोरोना देखिएपछि अस्पताल नै कोरोनाको केन्द्र बनेको टिप्पणी भएको थियो।

उक्त अस्पतालको सघन उपचार कक्षमा कार्यरत सबैलाई यतिबेला कोरोना परीक्षण गर्न भनिएको छ।

हालसम्म उक्त सघन उपचार कक्षबाट १९ जनामा कोरोना फैलिएको बताइएको छ।

सुरुवातमा त्यहाँ एक वृद्धा महिलालाई उपचारको लागि राखिएको थियो। त्यसबेला उनमा कोरोना देखिएको थिएन।

तर अस्पतालबाट डिस्चार्ज भएपछि मात्र उनमा कोरोना देखिएको थियो।

सोही घटनासँग जोडिएका अन्य १८ मा पनि पछि कोरोना पोजिटिभ देखिएपछि अस्पतालमा सावधानी अपनाइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .