अदालतले जोसुवा वोङ, एग्नेस चो र इभान लामलाई सोमबार अवैधानिक भेलामा सहभागी भएकोमा दोषी ठहर गरेपछि उनीहरुलाई जेल सजाय हुनसक्ने सम्भावना बढेको हो।
जोसुवा वोङले सोमबार आफूहरुलाई पाँच वर्षको जेल सजाय हुनसक्ने बताएका थिए।
उनले आफूसहित तीनै जनालाई दोषी करार गरिदिएकाले जेल सजाय दिनु आश्चर्यको विषय नबन्ने पनि बताएका थिए।
सो क्रममा उनले भने,‘हामी हङकङको स्वतन्त्रताका लागि लडिरहने छौं। बेइजिङसँग हामी आत्मसमर्पण गर्दैनौं।’
सन् २०१९ मा हङकङमा महिनौं लामो सरकारविरद्धको प्रदर्शन भएको थियो। सो क्रममा हङकङलाई चीनबाट अलग्याउने नाराहरु लगाइएको थियो भने मुख्य क्षेत्र चीनको झण्डा जलाइएको थियो।
अदालतले यी तिनै अभियन्तालाई सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएको, अवैध भेला गरेको आरोपमा दोषी ठहर गरेको छ।
गतवर्ष हङकङको प्रहरी कार्यालयमा तोडफोड समेत भएको थियो। यसैवर्ष हङकङमा मुख्य क्षेत्र चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएपछि गतवर्ष प्रदर्शनमा उत्रिएका हङकङका नागरिकहरु ससंकित बनेका छन्।
सरकारविरुद्ध प्रदर्शन गर्ने केही मानिसहरु ताइवान समेत भाग्न थालेको बीबीसीले जनाएको छ।
Shares
प्रतिक्रिया