उनी ‘सांघाई बोइ’ नामले परिचित छन्। ६२ वर्षका कोकलाई सोमबार बैंककबाट हङकङ अवतरण गर्नासाथ प्रहरीले पक्राउ गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
विमानस्थलमा कोरोना भाइरस परीक्षण गरिएसँगै उनी पक्राउ परेका थिए। उनको कोरोना नेगेटिभ आएको पनि बताइएको छ।
प्रहरीले कोकलाई आपराधिक घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरेको हो। उनी गुण्डागर्दी धन्दामा संलग्न भएको पनि बताइएको छ।
सन् २०१८ देखि नै उनी प्रहरीको खोजी सूचीमा थिए। त्यसबेला कोकले १० करोड हङकङ डलर कालोधनलाई वैध बनाएको आरोप लागेको थियो।
हत्याको धम्की दिएको आरोपमा उनलाई यसअघि सन् २०१६ मा पनि गिरफ्तार गरिएको थियो।
सन् २०१२ मा पनि उनी हङकङका स्थनीय नेतासहित १३० जनासँगै गिरफ्तारमा परेका थिए। उनीमाथि गुन्डागर्दी गर्ने समूहसँग मिलेर ३० करोड हङकङ डलरलाई वैध बनाउने प्रयास गरेको आरोप लागेको थियो।
सन् १९९८ देखि २००० को अवधिमा कोक गुण्डागर्दी समूहका सबैभन्दा शक्तिशाली नाइके थिए।
Shares
प्रतिक्रिया