हङकङको एक फ्ल्याटमा गोहीसहित लोपोन्मुख प्रजातिका सरीसृप भेटिएपछि प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
सामसुई पोको ताइपो रोडस्थित एक आवासीय ब्लकमा रहेको उक्त फ्ल्याटको बाल्कोनीमा गोही देखिएपछि बुधबार दिउँसो एक व्यक्तिले प्रहरीलाई खबर गरेका थिए।
उक्त फ्ल्याटमा ३५ वर्षीया महिला बस्दै आएकी थिइन्। गोही फेला परेको केही घण्टापछि फ्ल्याटका अन्य स्थानमा प्रहरी र कृषि, मत्स्यपालन तथा संरक्षण विभागका अधिकारीले संयुक्त छापा मार्दा अन्य १०० सरीसृप फेला परेका हुन्।
जसमा नियमन गरिएका लोपोन्मुख प्रजाति समेत रहेका स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
‘अधिकारीहरूले फ्ल्याटभित्र ठूलो मात्रामा जनावरहरू फेला पारे, जसमा धेरै नियमन गरिएका लोपोन्मुख प्रजाति पनि समावेश छन्,’ स्रोतलाई उद्धृत गर्दै पोस्टले लेखेको छ।
अवैध प्रजातिका लोपोन्मुख प्रजाति पनि भेटिएपछि प्रहरीले महिलालाई प्रकाउ गरेको थियो भने
जनावरहरूलाई निरीक्षणको लागि लगिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया