हङकङको चेङक्वान ओमा रहेको चिलिन बौद्ध प्राथमिक विद्यालयले फिफा विश्वकपको लाइभ देखाउने कार्यक्रमलाई परिमार्जन गरेको छ।
यसअघि फुटबलको पहिलो सेमिफाइनल खेल देखाउने भन्दै अभिभावकलाई परिपत्र गरेको स्कुलले अभिभावकको विरोधपछि अर्कै खेल देखाउने भएको छ।
हङकङको एक स्कुलले फिफा विश्वकपको सेमिफाइनल देखाउने
सेमिफाइनलको पहिलो खेल हङकङ समयअनुसार १५ जुलाई बिहान साढे २ बजे हुनेछ। धेरै अभिभावकले रातको समयमा हुने खेल प्रदर्शनको आयोजना गरेको भनेर असन्तुष्टि जनाएपछि स्कुलले १२ जुलाईको बिहानमा हुने खेल प्रदर्शनको आयोजना गर्न लागेको हो। जुन दिन सप्ताहन्त पनि पर्दछ।
रातमा हुने सेमिफाइनल देखाउने प्रस्तावमा विद्यालयले अभिभावकको रुचि जान्न खोजेको र धेरैले अरुचि देखाएको हुँदा १२ जुलाई आइतबारलाई सारिएको भन्दै स्कुलले आज (बुधबार) अर्को पत्र पठाएको छ।
‘सावधानीपूर्वक विचार गरेपछि र अभिभावकको रुचिलाई सम्मान गर्दै १५ जुलाईको ‘विश्वकप रात’लाई १२ जुलाई आइतबार बिहान पुन: तालिकाबद्ध गर्ने र यसलाई ‘रमाइलो दिन’को रूपमा आयोजना गर्ने निर्णय गरेको छ,’ स्कुलले बुधबार पठाएको पत्रमा उल्लेख छ।
अभिभावकका साथै समुदायस्तरबाट आएको प्रतिक्रियाको सम्मानस्वरुप यो परिवर्तन गरिएको पनि विद्यालयले स्पष्ट पारेको छ।
लुई थरका एक शिक्षकलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘रातिको कार्यक्रममा उपस्थित हुन रुचि व्यक्त गर्ने अभिभावकको संख्या न्युन थियो। जसका कारण अभिभावकको उपस्थिति बढाउन विद्यालयले बिहान भेला आयोजना गर्ने निर्णय गर्यो।’
Shares

प्रतिक्रिया