हङकङका पूर्वकार्यकारी प्रमुख लेङ चुनले अमेरिकी हङकङमा अमेरिकी टेक जायन्ट स्पेसएक्सको वित्तपोषण मोडललाई चीनमा अपनाउन सकिने एक मात्र ठाउँ हङकङ रहेको बताएका छन्।
चीनको शीर्ष राजनीतिक सल्लाहकार निकाय, चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका उपाध्यक्ष समेत रहेका लेङले हङकङलाई आफ्नो पहिलो पाँच वर्षे योजना तर्जुमा गर्दा व्यापारलाई अग्रभागमा राख्न आह्वान गर्दै उदीयमान एरोस्पेस उद्योगको लागि व्यावसायिक सेवाहरू विकास गर्न पनि आग्रह गरेका छन्।
सहरमा योजनाहरू बनाउँदा मुख्यभूमि चीनको विकास लक्ष्यसँग मिल्ने मोडललाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।
जुनको सुरुमा, स्पेसएक्सको आईपीओले रेकर्ड ब्रेक गरेको थियो। जसले ८५.७ बिलियन अमेरिकी डलर उठायो र यसको प्रमुख कार्यकारी एलोन मस्कलाई विश्वको पहिलो ट्रिलियनियर बनायो।
‘एलोन मस्कले अमेरिकाको उच्च बजार-उन्मुख अर्थतन्त्र र पुँजीवादी समाजको शक्तिलाई छोटो अवधिमा देशको पुँजी, प्रतिभा र प्रविधिलाई एकीकृत गर्न उपयोग गरे,’ लेङले आइतबार एक रेडियो कार्यक्रममा भने।
त्यस कार्यक्रममा लेङले हङकङलाई जोड दिँदै भनेका थिए, ‘हाम्रो देशका सबै सहरमध्ये, एलोन मस्कको जस्तै मोडेल अपनाउन सक्ने पुँजीवादी बजार शक्ति कससँग छ? यो हङकङ हो।’
लेङको जोड छ– हङकङ कानुनी, बीमा र वित्तपोषण सेवाहरूसहित एरोस्पेस र ढुवानी क्षेत्रमा व्यावसायिक सेवाहरू विकास गर्न राम्रो स्थितिमा छ।
Shares

प्रतिक्रिया