हङकङको एक प्राथमिक विद्यालयले फिफा विश्वकप फुटबलको सेमिफाइनल खेल स्कुलमा देखाउने भएको छ।
१५ जुलाई बिहान साढे २ बजे हुने उक्त खेल हेर्ने निम्तालुमा स्कुलका विद्यार्थी र तिनका अभिभावक हुने छन्।
चेङक्वान ओमा रहेको चिलिन बौद्ध प्राथमिक विद्यालयले यस्तो कार्यक्रमको आयोजना गरेको हो। स्थानीय मिडियामा उल्लेख भएअनुसार, विद्यालयले अभिभावकलाई पठाएको पत्रमा उक्त खेल हेर्न सहभागी हुनका लागि विद्यार्थी र उनीहरूका अभिभावकलाई बिहान साढे २ बजे विद्यालय आउन आमन्त्रण गरिएको छ।
साथै, विद्यार्थीलाई उनीहरूको स्कुलको पीई पोसाक वा फुटबल जर्सीमध्ये एक लगाउन प्रोत्साहित गरिएको छ।
फिफा विश्वकप २०२६ को दुई सेमिफाइनल खेलमध्ये पहिलो खेलका विद्यालयले यसरी आमन्त्रण गरेको हो।
हङकङ समयअनुसार, राम्रोसँग बिहानी नभइसकेको अर्थात् रात नै कायम रहेको अवस्थामा हुने खेलमा यसरी विद्यालयले कार्यक्रम आयोजना गरेपछि हङकङका केही सामाजिक सञ्जाल प्रयोगकर्ता उत्साहित देखिन्छन्।
एक प्रयोगकर्ता लेख्छन्, ‘सम्भवत: जीवनमा एक पटक पाइने अनुभव।’
त्यस्तै, अर्कोले त स्कुलकै इतिहासमा धेरै अभिभावक जम्मा हुने समयको संज्ञा पनि दिन भ्याएका छन्, ‘यो इतिहासमा अभिभावकको सबैभन्दा बढी उपस्थिति भएको स्कुल गतिविधि हुने सम्भावना छ।’
Shares

प्रतिक्रिया