हङकङमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु

हङकङमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपालखबर
असार ३, २०८३ बुधबार १४:२०, हङकङ

मंगलबार राति हङकङमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पानी परेको बखत राजमार्गमा भएको उक्त दुर्घटनामा ट्रकले ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी कम्तीमा ६ पटक पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, राति १० बजेतिर चेङसा वानको चिङसा राजमार्ग हुँदै काउलुनतर्फ गइरहेको ट्याक्सीलाई मालवाहक ट्रकले ठक्कर दिएको हो।

घटनामा ट्याक्सीमा सवार दुई यात्रुको मृत्यु भएको हो। गाडीबाट उछिट्टिएका ३८ वर्षीय पुरुष र ३५ वर्षीया महिलालाई घटनास्थलमै मृत घोषित गरिएको थियो। 

अनलाइनमा प्रसारित भिडिओ फुटेजमा देखिएअनुसार आ-आफ्नो लेनमा गुडिरहेको बेला अचानक ट्रकले युटर्न लिन्छ र ट्याक्सीसँग ठोकिन्छ अनि ट्याक्सी सडक छेउको डिभाइडरमा ठोकिएर ६ बल्ड्याङ खान्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .