हङकङका एक सेवानिवृत्त व्यक्तिलाई फेसबुकमा देशद्रोहपूर्ण पोस्ट गरेको आरोपमा एक वर्ष जेल सजाय तोकिएको छ।
६१ वर्षीय पूर्व सेल्सम्यान रेमन्ड चोङलाई २०२४ को २६ मार्चदेखि २९ नोभेम्बरको बीचमा ५३ वटा देशद्रोहपूर्ण पोस्ट गरेको आरोपमा मङ्गलबार पश्चिम काउलुन अदालतले उक्त सजाय तोकेको हो। उनलाई घरेलु राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत सजाय सुनाइएको हो।
चोङले गतवर्ष नोभेम्बरमा वाङफुक कोर्टको आवासीय परिसरमा लागेको भीषण आगलागीको आक्रोशपूर्ण टिप्पणी समेत गरेका थिए। यो आगलागीमा १६८ जनाको मृत्यु भएको थियो। जुन १९४८ पछि हङकङमा भएको सबैभन्दा घातक आगलागी थियो।
‘यदि यो आगलागीले सुपुर्दगी विरोधी विधेयक आन्दोलन जस्तै अर्को राजनीतिक प्रतिरोध अभियानलाई ट्रिगर गर्यो भने, कम्युनिष्ट पार्टीले पक्कै पनि पछिल्लो पटक जस्तो नरसंहार गर्ने आँट गर्ने छैन,’ चोङले वाङफुक कोर्टको आगलागीलाई जोडेर लेखेका थिए।’
यति मात्र नभई उनले मुख्यभूमि चीनको सत्तालक्षित कडा टिप्पणी पनि गरेका थिए, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ र देशका संस्थापक माओत्से तुङको पोर्टम्यानटोले सत्तामा आफ्नो पकड गुमाइसकेको छ, यदि बेइजिङले हङकङमा अर्को ठूलो मात्रामा विरोध प्रदर्शन दबायो भने सीका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले केन्द्रीय सरकारलाई सजाय दिन सक्छन्।’
अदालतले उनको यस्तो टिप्पणीलाई देशद्रोही भनाइका रूपमा व्याख्या गर्दै सजाय सुनाएको हो।
Shares

प्रतिक्रिया