हङकङ : कार्यस्थलमा यौन उत्पीडनका उजुरी बढे

हङकङ : कार्यस्थलमा यौन उत्पीडनका उजुरी बढे

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १६:५९, हङकङ

हङकङमा कार्यस्थलमा यौन उत्पीडनका उजुरी बढेको समान अवसर आयगले जनाएको छ। आयोगका अनुसार २०२५ मा ३१५ यस्ता उजुरी दर्ता भए। तर, २०२४ मा भने यस्ता उजुरी २२८ मात्र थिए। 

यसैगरी, रोजगार-सम्बन्धित उत्पीडनका उजुरीहरू २०२४ मा १५६ रहेकोमा २०२५ मा २०७ दर्ता भए। 

संवैधानिक तथा मुख्यभूमि मामिला ब्युरोले बिहीबार विधायिकामा पेस गरेको लिखित जवाफमा पाँच वर्षको तथ्यांक केलाइएको छ। जसमा उत्पीडनका रिपोर्टमा निरन्तर वृद्धि देखिएको हो। 

२०२१ मा आयोगले १४८ रोजगार-सम्बन्धित उजुरी प्राप्त गरेकोमा २०२५ मा यो संख्या २०७ पुगेको छ। सोही अवधिमा रोजगारीसँग सम्बन्धित नभएका मुद्दाहरू पनि निरन्तर बढे, जुन २०२१ मा ३५ वटा मुद्दाबाट तीन गुणाले बढेर २०२५ मा १०८ पुगेको छ।

यसैगरी, यौन उत्पीडनसम्बन्धी उजुरी २०२४ मा ५८८ परेकोमा २०२५ मा ५९६ पुगेको छ। यो अघिल्लो वर्षभन्दा १.३६ प्रतिशतले वृद्धि हो।

कार्यस्थलमा यौन उत्पीडनको रोकथामसम्बन्धी सन्देश र जानकारी प्रवर्द्धन गर्न आयोगले सहरव्यापी प्रचार अभियान सुरु गर्ने बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .