हङकङको हङकङ टापुमा बिहीबार विद्युत् भोल्टेज कम हुँदा ९० जना आधा घण्टासम्म लिफ्टमा फसेका छन्।
अग्नि सेवा विभागले बिहान ९:२३ देखि ९:५३ सम्म हङकङ टापुमा लिफ्टमा फसेको झन्डै ९० जनाको रिपोर्ट रेकर्ड गरिएको बताएको छ। विभागले ३० वटा फायर अलार्मको रिपोर्ट पनि प्राप्त गरेको छ।
दुई पावर प्रदायकबीच अन्तरसम्बन्धमा प्राविधिक गडबडी हुँदा बिहीबार बत्तीको भोल्टेज कम हुन पुगेको थियो।
हङकङ (एचके) इलेक्ट्रिकले आफ्नो नेटवर्क र सीएलपी पावरबीचको इन्टरकनेक्सन सर्किटमा खराबीका कारण क्षणिक भोल्टेज घटेको बताएको छ।
‘घटनापछि तुरुन्तै भोल्टेज सामान्यमा फर्कियो,’ एचके इलेक्ट्रिकका प्रवक्ताले भने।
सीएलपीले भने भोल्टेज डिप बिहान ९:२२ मा भएको र यो ०.१ सेकेन्डसम्म कायम रहेको बताएको छ। त्यसपछि भने बिजुली आपूर्ति निर्बाध रहेको बताएको छ।
हङकङ इलेक्ट्रिकले हङकङ आइल्यान्ड र लाम्मा आइल्यान्डमा आपूर्ति गर्छ भने सीएलपी पावरले काउलुन, न्यु टेरिटोरिज र लान्टाउ आइल्यान्डमा सेवा दिन्छ।
Shares

प्रतिक्रिया