हङकङ : क्याथेले थप एक महिना मध्यपूर्व उडान नगर्ने

हङकङ : क्याथेले थप एक महिना मध्यपूर्व उडान नगर्ने

नेपालखबर
चैत १०, २०८२ मंगलबार १८:५३, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजले मध्यपूर्व जाने र आउने सबै उडानको निलम्बन थप विस्तार गरी मे महिनाको अन्त्यसम्म पुर्‍याएको छ। मध्यपूर्वमा देखिएको तनावका कारण पटक पटक उडान निलम्बन लम्ब्याएको क्याथेले पछिल्लो पटक अप्रिल मसान्तसम्म स्थगन गरेको थियो जुन गतहप्ता घोषणा गरेको थियो।

योसहित मार्चको सुरुदेखि अहिलेसम्म क्याथेले मध्यपूर्वका रुटको निलम्बन चार पटक गरिसकेको छ।

विशेषत: यूएईको दुबई र कतारको रियादका सेवा रद्द गरेकोमा क्याथेले यसको क्षतिपूर्तिस्वरुप अर्को महिना युरोपका उडान बढाउने एयरलाइन्सले जनाएको छ।

मध्यपूर्वको स्थिति हेरेर थप निर्णय लिइने पनि क्याथेले जनाएको छ। प्रभावित यात्रुलाई टिकट पुन: बुक गर्न, पुन: रुट गर्न वा रद्द गर्न लचिलोपन प्रदान गरिने पनि क्याथेले भनेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .