हङकङको माइपो रिसाइक्लिङ साइटमा आगो सल्किँदा यस क्षेत्रले धुवाँको मुस्लोले कुइरीमण्डल बन्न पुग्यो।
आइतबार दिउँसो झन्डै पौने ४ बजे माइपोको सिउहम चुनमा रहेको रिसाइक्लिङ साइटमा आगलागी भएको हो। आगलागीबाट धुवाँको मुस्लो निस्कनुका साथै नमिठो गन्ध आएका कारण वरपरका बासिन्दा प्रभावित बन्न पुगेका थिए।
यतिसम्म कि आगो नियन्त्रणमा पुगेका अग्नि सेवा विभागले कर्मचारीले बासिन्दाहरूलाई झ्याल र ढोका बन्द गरेर घरभित्रै बस्न अनुरोध समेत गरेका थिए।
अधिकारीहरूका अनुसार प्रभावित साइट झन्डै २० हजार वर्गफिट क्षेत्रमा फैलिएको छ। जहाँ मुख्यतया रिसाइकल गरिएका इलेक्ट्रोनिक उत्पादन र कम्पोनेन्टहरू भण्डारण गर्ने गरिएको छ।

63
Shares

प्रतिक्रिया