हङकङमा तरल पदार्थ बोकेको ट्रक जल्यो, अवैध कनेक्सनतिर प्रहरीको आँखा

हङकङमा तरल पदार्थ बोकेको ट्रक जल्यो, अवैध कनेक्सनतिर प्रहरीको आँखा

ट्रकमा दनदनी आगो बलेको थियो


नेपालखबर
चैत ३, २०८२ मंगलबार १८:४२, हङकङ

मङ्‌गलबार दिउँसो हङकङको क्वाइचुङ कार पार्कमा आगलागी भएको छ। आगलागीमा तरल पदार्थ बोकेको ट्रक र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन्।


क्वाइचुङको कन्टेनर पोर्ट रोड साउथमा रहेको कार पार्कमा लागेको उक्त आगो अग्निनियन्त्रकको टोलीले ७ मिनेटभित्र निभाएका थिए। तर, प्रज्ज्वलनशील पदार्थ राखिएको ट्रकलाई आगोको लप्काले क्षणभरमै नष्ट बनायो।

ट्रकभित्र तरल पदार्थले भरिएका दुई वटा ट्याङ्की रहेको स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

आगलागीका कारण पश्चिमी काउलुनमा देखिएको बाक्लो धुवाँ (ह्यान्डआउट)

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार आगलागीबाट धुवाँको मुस्लो उड्नुका साथै ठुलो विस्फोटको आवाज सुनिएको थियो। कार पार्क कन्टेनर टर्मिनल ४ नजिकै छ।

आगलागीबाट ट्रक जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने नजिकै रहेका दुई मोटरसाइकल पनि क्षतिग्रस्त भएका छन्।

मध्यपूर्व तनावका कारण इन्धन आपूर्तिमा समस्या देखिन सक्ने आकलन भइरहेका बेला असुरक्षित तवरले तरल पदार्थ बोकिनुलाई प्रहरीले यसको अवैध सञ्चालनको कनेक्सनतिर अनुसन्धान अघि बढाएको छ।

ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .