सुन व्यापारको विश्व हब बन्ने लक्ष्यमा हङकङ र सिंगापुर अघि बढेका छन्।
हङकङले सुन व्यापारको हब बन्ने लक्ष्यका साथ गतमहिनाको बजेटमा संकेत गरिसकेको छ भने सिंगापुरले पनि विश्वका हेवीवेटहरूसँग भेटघाट बढाएको छ।
जेपी मोर्गन र यूबीएस जस्ता विश्वका प्रमुख सुन बजार निर्माताहरूसँगको सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले सम्बन्ध बढाएको हङकङका मिडियाले जनाएका छन्।
सिंगापुरका एक सरकारी अधिकारीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘गत वर्षदेखि एमएएसले सिंगापुरमा सुन बजारको वृद्धिलाई बढावा दिन सुन बजार निर्माणका प्रमुख सहभागीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ।’
यसलाई पुष्टि गर्नेगरी सिंगापुरको केन्द्रीय बैंकले पनि प्रमुख पहलहरूको बारेमा थप विवरण साझा गर्ने बताइसकेको छ।
यता, हङकङका विज्ञहरू हङकङ विश्वको सुन व्यापार केन्द्र बन्ने आफ्नो लक्ष्यमा सिंगापुरभन्दा अगाडि बढेको विश्लेषण गरिरहेका छन्।
Shares

प्रतिक्रिया