हङकङको हवाई क्षेत्रमा मध्यपूर्व तनावको असर : क्याथेले भाडा बढाउने

हङकङको हवाई क्षेत्रमा मध्यपूर्व तनावको असर : क्याथेले भाडा बढाउने

नेपालखबर
फागुन २७, २०८२ बुधबार १७:९, हङकङ

मध्यपूर्व द्वन्द्वका कारण तेलको मूल्य बढ्दा क्याथे प्यासिफिक एयरवेजले पनि यात्रु इन्धन अधिभार उठाउने भएको छ।

एक पत्रकार सम्मेलनमा बोल्दै एयरवेजका प्रमुख कार्यकारी रोनाल्ड लामले इरान युद्धका कारण जनवरी-फेब्रुअरीको तुलनामा मार्चमा औसत इन्धन मूल्य दोब्बरभन्दा बढी भएको बताउँदै सामान्य उडान सञ्चालन सुनिश्चित गर्न अधिभार उठाउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताएका हुन्।

इन्धन अधिभार भन्नाले ढुवानी, यातायात वा यात्रा लागतमा थपिएको अतिरिक्त र परिवर्तनशील शुल्क हो जुन इन्धनको मूल्यमा उतारचढाव हुँदा क्षतिपूर्तिको रूपमा लागु गरिन्छ। इन्धनको लागतमा अप्रत्याशित वृद्धि हुँदा यसले वाहकलाई राहत दिन्छ भने उपभोक्ता मारमा पर्ने गर्दछन्।

यसैबीच, क्याथेले मार्चको अन्त्यसम्म दुबई र रियादको उडान रद्द गरिसकेको छ। एयरवेजकी प्रमुख ग्राहक तथा व्यावसायिक अधिकारी लाभिनिया लाउका अनुसार यी गन्तव्यको क्षमता एयरवेजले युरोपका उडानमा प्रयोग गर्नेछ।

उनका अनुसार ग्राहकले मध्यपूर्व केन्द्रबाट वैकल्पिक मार्गहरू खोज्दा लामो दूरीको उडानको माग बढेको छ। यो माग विशेषगरी युरोपमा छ, त्यसैले भाडा वृद्धि गर्नुपर्नाको अर्को कारण यो पनि हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .