हङकङ : क्याथेले गर्‍यो बिहीबारसम्म दुबई उडानमा रोक, हालसम्म मध्यपूर्वका ३७ उडान रद्द

हङकङ : क्याथेले गर्‍यो बिहीबारसम्म दुबई उडानमा रोक, हालसम्म मध्यपूर्वका ३७ उडान रद्द

क्याथे प्यासिफिकले बिहीबारसम्मका लागि दुबई उडानका सबै सेवा स्थगित गरेको छ (एससीएमपी)


नेपालखबर
फागुन १८, २०८२ सोमबार १६:७, हङकङ

इरानमा अमेरिका-इजरायली आक्रमणपछि हङकङ र मध्यपूर्वबीच शनिबारदेखि यता कम्तीमा ३७ उडान ग्राउन्डेड भएका छन् भने क्याथे प्यासिफिक एयरवेजले बिहीबारसम्म दुबईका आफ्ना उडानमा रोक लगाएको छ।

क्याथेले रियाद उडान पनि मंगलबारसम्मका लागि निलम्बन गरिसकेको छ।

एयरवेजले हङकङ, दुबई वा रियादबीच यात्रा गर्न बुक गरिएका टिकटमा शनिबारसम्म सामान्य शुल्क छुट गर्दै पुन: बुक गर्न, डाइभर्ट गर्न वा फिर्ता लिन थप लचिलोपन अपनाइने बताएको छ।

‘हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ, आगामी दिन उडान तालिकामा थप परिवर्तन  आवश्यक पर्न पनि सक्छ,’ क्याथेद्वारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘हाम्रा ग्राहक र मानव सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनेछ।’

हङकङ विमानस्थलको वेबसाइटमा उल्लेख भएअनुसार संयुक्त अरब इमिरेट्स (युएई) का सहर र दुबईबीचको उडान सबैभन्दा बढी प्रभावित भएको देखिएका छन्। दुबईका साथै कतारको दोहा र साउदी अरबको रियादका उडान पनि प्रभावित देखिन्छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .