हङकङको स्टोनकटर्स आइल्यान्डमा बाँधेर राखिएको पानीजहाज विस्फोट भएको छ। सोमबार बिहान साढे १० बजे भएको विस्फोटमा परी ६ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
स्रोतलाई उद्धृत गर्दै उल्लेख गरिएअनुसार जहाजको इन्जिन ट्रिगर भएको हुनसक्ने अनुमान गरिएको छ।
विस्फोटमा परी घाइते भएका सबैलाई आपतकालीन कर्मचारीको सहयोगमा प्रिन्सेस मार्गरेट अस्पताल लगिएको थियो।
39
Shares

प्रतिक्रिया