हङकङको क्वुनतोङ प्रहरी चौकीभित्र २३ वर्षीया प्रहरी निरीक्षक (इन्स्पेक्टर) मृत फेला परेकी छन्।
प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार जिल्लाको गस्ती उपइकाइमा कार्यरत उनले बुधबार बिहान पौने ८ बजे चौकीको लोडिङ-अनलोडिङ क्षेत्रमा आफैलाई गोली दागेकी हुन्।
उनले गएको सेप्टेम्बरमा मात्र तालिम सकेकी थिइन्। पेस्तोलले आफैलाई गोली हानेकी उनी यो स्थितिमा किन पुगिन् भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अप्रिय घटनापछि प्रहरी आयुक्त जो चाउले स्टेसनको भ्रमण गरेका थिए।
72
Shares

प्रतिक्रिया