गएराति हङकङको क्वाइचुङ हाउजिङ ४ घण्टासम्म अन्धकारमय बन्यो। हाउजिङको अग्लो आवासीय भवनका ७६० फ्ल्याट यसको प्रत्यक्ष मारमा परे।
सहरको विद्युत् कम्पनी सीएलपीले यान्त्रिक गडबडीका कारण आवासीय भनवका बासिन्दाले अप्ठेरो भोग्नुपरेको बताएको छ। हाउजिङमा आइतबार राति सवा ९ बजेदेखि राखि साढे १ बजेसम्म विद्युत् आपूर्ति बन्द भएको थियो।
विद्युत् अवरुद्धबारे स्पष्टीकरण दिँदै सीएलपीले पानीको पाइप चुहावटका कारण समस्या आएको बताएको छ।
‘भवनको विद्युतीय मेसिनरी कोठामा पाइपबाट पानी चुहिने समस्याका कारण सर्ट सर्किट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ सरकारी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘समस्या देखिनेबित्तिकै विद्युतीय र लिफ्ट इन्जिनियरहरूलाई तुरुन्तै आपत्कालीन मर्मत सम्भारको लागि पठाइएको थियो।’
60
Shares

प्रतिक्रिया